‘अर्नब’ले छ्याप्पै छोपेको काठमाण्डु (तस्बिरहरु)

‘अर्नब’ले छ्याप्पै छोपेको काठमाण्डु (तस्बिरहरु)

झरी सँगै बढ्यो जाडो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाण्डुमा बिहानैदेखि निरन्तर झरी परेको छ ।

‘अर्नब’को असर काठमाण्डुसहित देशका विभिन्न भागमा देखिएको छ। काठमाण्डुमा बिहीबार साँझदेखि पानी परिरहेको छ भने शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

शनिबार अपराह्नदेखि यसको प्रभाव कम हुँदै जाने मौसम विभागले जनाएको छ ।

हाल काठमाण्डु धुम्म परेको छ भने अधिकांस ठाँउमा मध्यम बर्षा भइरहेको । पानी परेसँगै काठमाण्डुमा चिसो पनि अत्याधिक बढेको छ ।

 निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

वर्षाका कारण उपत्यकाका मुख्य सडक तथा भित्री सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ । सडकमा पानी जम्दा सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ भने दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारण प्रभावित भएका छन् ।

जगडोल झण्डा पार्कबाट देखिएको काठमाण्डु:-

तस्बिर : नेपाल फोटो लाइब्रेरी