पत्रकारमाथि धरपकडबारे रविकिरणको टिप्पणी : विनाशकाले विपरीत बुद्धि

पत्रकारमाथि धरपकडबारे रविकिरणको टिप्पणी : विनाशकाले विपरीत बुद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जेन-जी अगुवा रवि किरण हमालले सञ्चारगृहभित्र प्रहरी पठाएर पत्रकार पक्राउ गर्ने घटनाप्रति आपत्ति जनाउँदै यस्तो राज्यीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन्।

पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाक्रम सार्वजनिक भइरहेका बेला हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका हुन्।

उनले राज्यका सम्पूर्ण संयन्त्र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको प्रभावमा पर्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डाराज चल्ने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध सत्य उजागर गर्ने पत्रकारलाई नै दबाउन खोजिएको टिप्पणी गरेका छन्।

‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन,’ हमालले भनेका छन्। उनले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथि हमला हुँदा नागरिक मौन बस्न नहुने आह्वानसमेत गरेका छन्।

उनले सरकारको यो कदमलाई ‘विनाशकाले विपरीत बुद्धि’ भनेका छन्। हमालले प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्र र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षासँग प्रत्यक्ष जोडिएको बताएका छन्।

पछिल्लो समय नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल पक्राउ परेका छन्।

नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई लैजान प्रहरी टोली कार्यालय पुगेको थियो भने दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई पनि उजुरी परेको भन्दै फोन गरिएको थियो।