पत्रकारमाथि धरपकडप्रति रक्षा बमको आपत्ति, रविलाई भनिन्, ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’

पत्रकारमाथि धरपकडप्रति रक्षा बमको आपत्ति, रविलाई भनिन्, ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जेन-जी अगुवा रक्षा वमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममाथि भएको दबाबप्रति आपत्ति जनाएकी छन्।

शुक्रबार एकसाथ कयौँ पत्रकारलाई पक्राउ गरिएको र गर्ने प्रयासबीच उनले लामिछानेका नाममा कडा प्रतिक्रिया दिएकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ। कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने ।’

प्रहरीले शुक्रबार नेपाल प्रेसका सम्वाददाता विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै पक्राउ गरिसकेको छ। उता मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल पक्राउ परिसकेका छन्।

नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई लैजान प्रहरी टोली पुतलीसडकस्थित कार्यालयमै पुगेको छ। अन्य कयौँ पत्रकारलाई धरपकडका लागि प्रहरी टोली परिचालित गरिएको छ।