पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

यसअघि आज नेपाल प्रेसको कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार विश्वमणी सुवेदीलाई पक्राउ गरेको थियो। यस्तै, नेपाल प्रेसका अध्यक्ष बिन्दुराज लम्साल र प्रधान सम्पादक मात्रिका पौडेललाई समाचार स्रोतका विषयमा सोधपुछका लागि बोलाइएको थियो।

त्यसैगरी, नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरीले धरपकड गरेको थियो। घटनापछि पत्रकार तथा सञ्चार क्षेत्रबाट प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका विषयमा प्रश्न उठाइएको थियो।

सरकारले भने पछिल्लो घटनाप्रति आफ्नो धारणा स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारिता क्षेत्रको स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएको छ।