लुम्बिनी र चितवनको खेल रद्द, मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

लुम्बिनी र चितवनको खेल रद्द, मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको खेल प्रभावित भएको छ।

मैदानमा जमेको पानी निकाल्न मोटरको प्रयोग गरी निरन्तर प्रयास भइरहेको छ। तर, वर्षा नरोकिएपछि मैदान खेलका लागि तयार पार्न कठिनाइ भएको छ।

आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल भने वर्षाकै कारण रद्द भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको बताए ।

खेल रद्द भएसँगै दुई टोलीले एक-एक अंक बाँडेका छन्।

त्यस्तै, आज अपराह्न ५ बजे विराटनगर किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुने तालिका रहेको छ। तर, निरन्तर पानी परिरहेकाले उक्त खेल पनि प्रभावित हुने तथा रद्द हुन सक्ने सम्भावना बढेको छ।

मैदानको अवस्थाबारे निरीक्षण तथा तयारीपछि दोस्रो खेलका सम्बन्धमा अन्तिम निर्णय गरिनेछ।