काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं खेल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल बल्ल सुरु भएको छ ।
दुई दिनदेखिको लगातार वर्षाका कारण आजको दोस्रो खेल पनि ढिलो गरि ९ बजेबाट सुरु भएको हो ।
सुदूरपश्चिमले टस जीतेर पहिले बलिङ राेजेकाे छ । विराटनगरले ब्याटिङ गर्दैछ ।
सुदूरपश्चिमका कप्तान दिपेन्द्र ऐरी खेल्न नमानेपछि टस लम्विएको हो । नियम अनुसार निर्धारित समयमा खेल सुरु नभए या कुनै टीमले खेल्न नमाने अर्को टीमलाई २ अंक दिनुपर्ने हुन्छ । २ अंक दिनुपर्ने भएपछि अन्तयमा ऐरीले खेल्ने निर्णय गरेका हुन् ।
वर्षाका कारण जलमग्न बनेको मैदानको पानी सुकाएर खेल खेलाउने तयारी गरिएको हो । आजको खेलमा बाउन्ड्री घटाइएको छ भने ५ ओभरको खेल खेलाइने छ । मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ भने स्कोर बोर्डतर्फको दोस्रो विकेटमा खेल खेलाइँदै छ ।
लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल बर्षाका कारण रद्द भएको छ । यी टोलीले एक एक अंक बाढेका छन् ।


प्रतिक्रिया