काठमाण्डु- एनपीएलको आठौं खेलमा विराटनगरले सानदार जित निकालेको छ । विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराएको हो ।
विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निधारीत ५ ओभरमा ३ विकेट गुमाएर ७० रन बनायो ।
खेलको पहिलो बलमै विकेट गुमाएर दवावमा परेको सुदूरपश्चिमले राम्रो प्रदर्शन गर्न सकेन । सुदूरपश्चिमका लागि सैफ जैवले १७,आरिफ शेखले १७ र स्कट कुगेलेनले २८ रन जाेडे ।
विराटनगरका लागि रूपेश सिंह, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक-एक विकेट लिए ।
यो जित सँगै विराटनगरले २ अंक जोडेर ५ औं नम्वरमा उक्लिएको छ भने सुदूरपश्चिम छौटौं स्थानमा झरेको छ ।
यसअघि विराटनगरले २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
विराटनगरका सेहन जयसूर्या ले ५ छक्काको मद्दतमा ३१ रन र लोकेश बमले ३ छक्काको मद्तमा २५ रन जोडेका छन् । यस्तै आन्द्रे रसेलले ३ छक्का हान्दै रन जोडे ।
सुदूरपश्चिमका लागि अविनाश बोहराले १ बिकेट लिए ।
वर्षाका कारण जलमग्न बनेको मैदानको पानी सुकाएर ५ ओभरको खेल खेलाइएको हो ।


प्रतिक्रिया