सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार ८२५ रुपैयाँ रहेको चाँदी आइतबार १७५ रुपैयाँले घटेर तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।