प्रधानमन्त्री बालेनको चेतावनीपूर्ण टिप्पणी : एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

प्रधानमन्त्री बालेनको चेतावनीपूर्ण टिप्पणी : एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पत्रकार पक्राउ, सञ्चारमाध्यममाथि प्रहरी धरपकड र सरकारको कार्यशैलीलाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमार्फत कडा टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको विवादसमेत चुलिइरहेका बेला प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको आलोचना भइरहेका सन्दर्भसँग जोडेर हेरिएको छ।

तर उनले यो टिप्पणी कसलाई लक्षित गरेर गरेका हुन् भन्नेबारे भने स्पष्ट पारेका छैनन्। सरकारको कदम निरन्तर विवादमा परिरहँदा बालेन आफैं प्रतिरक्षामा उत्रिएका हुन्।