कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो।

कर्णालीको लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

यस्तै, पवन सर्राफ ३० रनमा नटआउट रहँदा गुल्शन झा १२ बलमा २० रन जोडेर आउट भए। त्यसैगरी, हुसेन तलतले ३० बलमा ४० रन बनाउँदा मार्क वाटले १७, दिपक डुमले्रे ८ र जिशान आलमले ७ रन जोडे।

बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले दुई विकेट लिए। यस्तै, साहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले एक एक विकेट लिए।