दिउँसो ३ बजेलाई तोकिएको सुनुवाइ समितिको बैठक अझै बस्न सकेन

दिउँसो ३ बजेलाई तोकिएको सुनुवाइ समितिको बैठक अझै बस्न सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाबारे निर्णय लिन दिउँसो ३ बजेका लागि डाकिएको संसदीय सुनुवाइ समितिको बैठक अझै बस्न सकेको छैन।

थापाको नामबारे अन्तिम निर्णयका लागि सभापति बोधनारायण श्रेष्ठले डाकेको बैठक अपराह्न ४ बज्न लाग्दा पनि सुरू हुन नसकेको हो ।

जापानको पीआरधारी थापालाई यसअघि गत असोज २८ गते संसदीय सुनुवाइ समितिले होल्डमा राखिदिएको थियो । उनले पीआर त्यागेको विवरण नल्याएसम्म संसदीय समिति अनुमोदन नगर्ने पक्षमा थियो।

तर उनले आजसम्म आफ्नो र श्रीमतीकोसमेत पीआर त्यागेको कुनै किसिमको कागजात पेश गर्न सकेका छैनन्। उता सभामुख डीपी अर्यालले कुनै हालतमा थापाको नाम अनुमोदन गर्न दबाब दिएका छन्।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह भने थापाको नाम अनुमोदनको विपक्षमा छन्। उनीहरूले थापाको नाम अस्वीकृत गर्न निर्देशन दिइसेका छन्।

यसअघि असोज २८ गते बसेको सुनुवाइ समितिको बैठकले दुईजनाको नाम अस्वीकृत गर्दा थापाको नाम होल्डमा राखेको थियो । सरकारले असोज २ गते १३ जनालाई राजदूतका रुपमा नियुक्त गर्न प्रस्तावित गरेको थियो । जसमा १० जनाको नाम अनुमोदन भइसकेको छ।