एनपीएलमा आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा खेल्दै

एनपीएलमा आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ : ३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।

तीन खेल खेलिसकेको विराटनगरले एउटा खेलमा मात्रै जित हासिल गर्न सकेको छ । आफ्नो चौथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ ।

जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ । जनकपुर लगातार तेस्रो जितको खोजीमा छ ।

त्यस्तै दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ भने अर्को खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन । दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ ।