लोकेश, इमरान र एन्ड्रीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

लोकेश, इमरान र एन्ड्रीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७४ रनको रन बनाएको छ ।

विराटनगरका लागि लोकेश बमले ५० र इमरान शेखले ५६ रन बनाए भने एन्ड्री रुसेल ५२ रनमा नटआउट रहने । यस्तै शुभम रन्जानेले ७ रन बनाएर नटआउट रहे ।

विष्फोटक ब्याटिङ गरेका क्यारेबियन ब्याटर एन्ड्री रुसेलले २८ बलमा अर्धशतक पूरा गरे। उनले ५ छक्का र २ चौका प्रहार गरे ।

लोकेशले ३९ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। इमरानले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हन्।

जनकपुरका लागि अभिशेख तिवारीले २ र मोइन अलीले एक विकेट लिए। विराटनगर र जनकपुरको यो आआफ्नो चौथो खेल हो। जनकपुरको चार अंक छ भने विराटनगरको २ अंक छ।