पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?

पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्व प्रकाश शर्माले पत्रकारहरुलाई ‘सुरक्षित हुनुहुन्छ’ भनेर प्रश्न गरेका छन्।

आकस्मिक पत्रकार सम्मेलनमा शर्माले सरकारले केही दिन अघि गरेकाे धरपकडकाे विषयलाई लिएर पत्रकारहरुलाई प्रश्न गरेका हुन् ।

‘कालोपट्टी पनि बाँध्नु भएको छैन धर्ना पनि बस्नुभएको छैन। तपाईँहरू सुरक्षित हुनुहुन्छ ?’ प्रश्न गर्दै शर्माले भने, ‘आज एउटालाई पर्यो भोलि अर्कोलाई पर्न सक्छ। आफूलाई परेको बेलामा आफू एक्लै भइएला । साथीहरुलाई यसबारेमा भन्न चाहन्छु।’

उनले कांग्रेसका आधिकारिकता दिने सन्दर्भमा १८ करोडको डील भएको विषयलाई समेत गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।