काठमाण्डु- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्।
कार्कीले आफूलाई सरकारले पदबाट हटाएको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
कार्कीका कानुनी परामर्शदाता स्वागत नेपालले पनि कार्की बिहीबार सर्वोच्च अदालत जाने तयारीमा रहेको पुष्टि गरेका छन्।
सरकारले १७ कार्यकाल बाँकी रहँदै आफूलाई पदबाट हटाउने निर्णय गरेपछि कार्की असन्तुष्ट छन्। उनले उक्त निर्णय बदर गरी पुनः प्रहरी महानिरीक्षक पदमा बहालीको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेका हुन्।
तर सरकारले हतार हतार फूली लगाइदिएर बुधबार राति नै नयाँ आईजीपी मनोज केसीले पदबहाली गरिसकेका छन् ।


प्रतिक्रिया