काठमाण्डु– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजारमा कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया