प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक

प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अभिनेत्री रेखा थापा प्रहरी अधिकृतको भूमिकामा देखिने भएकी छन्। उनको अभिनय रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ।

टिजरमा प्रहरी अधिकृतको पोशाकमा देखिएकी रेखाको गम्भीर हाउभाउ र आत्मविश्वासपूर्ण प्रस्तुतिले दर्शकको ध्यान खिचेको छ। न्यायका पक्षमा दृढतापूर्वक उभिने प्रहरी अधिकृतको भूमिकामा उनको अभिनय देख्न सकिन्छ।

रेखा थापा र अभिनेत्री निरुता सिंहको सहकार्य रहेको चलचित्र ‘३६ को आँकडा’ रेखा फिल्मसको ब्यानरमा निर्माण भएको हो। चलचित्रले पारिवारिक सम्बन्धभित्रको मनमुटाव, असमझदारी र द्वन्द्वलाई मुख्य विषय बनाएको छ।

चलचित्रमा रेखा र निरुतासँगै पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा र निरुतालाई एउटै पर्दामा देख्न पाउनु चलचित्रको अर्को आकर्षण हो।

पारिवारिक सम्बन्धमा आउने उतारचढाव र त्यसले निम्त्याउने द्वन्द्वलाई चलचित्रले कसरी प्रस्तुत गरेको छ भन्ने कौतूहल टिजर सार्वजनिक भएसँगै बढेको छ।

रेखा फिल्मसको निर्माण रहेको चलचित्र ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।