काठमाण्डु – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले मधेस प्रदेश सरकारमा कांग्रेस सहभागी नहुने बताएकी छन् ।
कांग्रेस कार्यसमितिको बैठकमा पनि कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताउँदै भुसालले कांग्रेस अहिले सरकारमा सहभागी हुनेभन्दा पनि स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताइन् ।
‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय गर्ने अवस्थामा छैन। हामी स्थानीय सरकार कसरी फेस गर्ने भन्ने विषयमा रणनीतिक योजनाहरु बनाउँदै छौं। त्यसकारण मधेस प्रदेश सरकारमा कांग्रेस सहभागी हुन्छ भन्ने मलाई लाग्दैन’
भुसालले काठमाण्डुपार्टीलाई भनिन्, ‘हामी प्रदेश सरकारबाट धमाधम बाहिरिँदैछौँ। त्यसकारण मधेसमा सामेल हुन्छौं भन्ने विषयमा त कुनै पनि धारणा छैन।’
सभापति गगनकुमार थापाले गत हप्ता एमाले अध्यक्ष ओलीलाई गुण्डुमै पुगेर भेटेका थिए। त्यसबेला मधेस सरकार गठनको विषयमा छलफल भएको थियो। त्यसकारण कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन्छ भन्ने धेरैले आकलन गरेका थिए। तर सभापति थापाले पनि मधेसमा सहभागी हुने विषयमा बोलिसकेका छैनन् ।


प्रतिक्रिया