मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।

विशाखापटनममा जारी सीआईआईको ३१औँ साझेदारी सम्मेलन २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् ।

भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबिच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताए ।

मन्त्री साहले नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गरेका छन् ।

सो अवसरमा मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यका लागि इच्छुक रहेको बताए ।