देउवाको आक्रामक उद्घोष : पाँचपटक प्रधानमन्त्री बनाउने कांग्रेसका लागि ज्यानै दिन तयार छु

देउवाको आक्रामक उद्घोष : पाँचपटक प्रधानमन्त्री बनाउने कांग्रेसका लागि ज्यानै दिन तयार छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँचपटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्।

देउवा समूहको ललितपुर जिल्ला कार्यसमितिको अधिवेशन उद्घाटन समारोहमा शनिबार बोल्दै उनले कांग्रेसलाई कसैले आफ्नो नियन्त्रणमा लिन नसक्ने दाबी पनि गरे।

नेपाली जनताले बनाएको पार्टी भएकाले यसको अधिकार जनताका प्रतिनिधिमै निहित रहेको दाबी उनले गरेका छन्।

तत्कालीन ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको प्रसंग उल्लेख गर्दै देउवाले अदालतप्रति आफ्नो विश्वास रहेको बताए।

पार्टीलाई आधिकारिकता दिलाउन लेनदेन भएको भनिएको १८ करोड रुपैयाँसम्बन्धी विषयमा पनि निष्पक्ष न्याय पाउनेमा आफू विश्वस्त रहेको जिकिर उनले गरे।

देउवाले २०८२ भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएका घटनालाई षड्यन्त्रको संज्ञा दिएका छन्। उनले लोकतन्त्रका लागि संघर्ष गरेका नेताका सन्तानका घर र आश्रम त्यसबेला छानीछानी जलाइएको दाबी पनि गरेका छन्।