काठमाण्डु– नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ८.४ ओभरमा एक विकेट गुमाएर ५९ रन बनाएको छ। कीर्तिपुरमा जारी यस खेलमा टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको थियो।
लोकेश बम १७ बलमा १५ रन बनाएर किशोर महतोको बलमा आउट भए। इमरान शेख २३ बलमा २० र चरिथ असलंका १२ बलमा १४ रनसहित क्रिजमा छन्। विराटनगरले पछिल्ला पाँच ओभरमा एक विकेट गुमाएर ३१ रन जोडेको छ।
लुम्बिनीले लिग चरणको अन्तिम खेल खेल्दैछ । उसले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। जित हासिल गरे पहिलो क्वालिफायरमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा लुम्बिनी छ।
विराटनगरका लागि भने यो खेल जित्नैपर्ने दबाब छ। विराटनगर पराजित भए चितवन एक खेल बाँकी छँदै प्लेअफमा पुग्नेछ।
विराटनगर विजयी भए चितवनले आफ्नो अन्तिम खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ। त्यसैले विराटनगर–लुम्बिनी खेलको नतिजाले चितवनको प्लेअफ समीकरण पनि निर्धारण गर्नेछ।
जनकपुरको हारपछि कर्णाली याक्सको प्लेअफ यात्रा यसअघि नै समाप्त भइसकेको छ। कर्णालीको यात्रा लगातार तेस्रो सिजन निराशाजनक रहन गयो।


प्रतिक्रिया