काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स र चितवन राइनोजको खेल भइरहेको छ ।
आजको पहिलो खेलमा कर्णालीका कप्तान डेविड मिलरले पहिला ब्याटिङ रोजेका छन्। यससँगै, चितवनले बलिङ गर्नेछ।
चितवन प्ले अफमा पुगिसकेको छ भने कर्णाली बाहिरिसकेको छ। चितवनको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्नेछ ।
प्रतियोगितामा कर्णालीको चुनौती समाप्त भइसकेको छ । कर्णालीको चार अंक मात्र छ र पुछारबाट सातौं स्थानमा छ ।


प्रतिक्रिया