गौरीसँग खनिए हर्क, भने- आफूहरूको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउँथ्यौँ

गौरीसँग खनिए हर्क, भने- आफूहरूको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउँथ्यौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चलचित्रको ट्रेलर सार्वजनिक गर्दा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकारहरूले गरेको क्यारिकेचरलाई लिएर हर्क साम्पाङ असन्तुष्ट रहेका छन्।

साम्पाङले हिजो चलचित्र कका केकेको ट्रेलर सार्वजनिक हुँदा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकार पक्राउ गरेर लगिएको विषयमा आपत्ति जनाएका थिए ।तर त्यो चलचित्रको ट्रेलर सार्वजनिक भएको विषय आएपछि उनी त्यो कार्यसँग रिसाएका छन् ।

उनले चलचित्रको प्रचारका लागि आपराधिक प्र्याङ्क गरेको आरोप लगाएका छन्।

अंग्रेजीमा स्टाटस लेख्दै साम्पाङले आफूहरु सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हाल्ने र श्रमदानमा ढुंगा बोकाउने चेतावनी समेत दिए।

गौरी मल्ल सम्मानित अभिनेत्री नरहेको उल्लेख गर्दै साम्पाङले अपराधिक कार्य भएको दाबी गरेका छन्।

उनले लेखेका छन् गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री रहिनन्। फिल्मको प्रचारप्रसारका लागि उनले आपराधिक प्रकृतिको प्र्याङ्क गरिन्। यो अपराधजन्य कार्य हो। यदि हामी सरकारमा भएको अवस्थामा यस्तो घटना भएको भए उनलाई जेल पठाइन्थ्यो र श्रमदानअन्तर्गत ढुङ्गा बोक्न लगाइन्थ्यो।

चलचित्रको ट्रेलर सार्वजनिक हुँदा प्रहरी आएर मनोज गजुरेल गौरी मल्ल लगायतका कलाकारहरुलाई पक्राउ गरेर लगिएको दृश्य हिजो भाइरल भएको थियो । तर उक्त दृश्य चलचित्र प्रचारका लागि गरिएको अनौठो अभ्यास रहेको भन्दै आलोचना भइरहेको छ ।

त्यस्तो किसिमको अभ्यासले समाजलाई भयभित बनाउँदै भन्दै मनोज गजुरेल र मल्लको विषयमा विभिन्न व्यक्तिहरुले नकारात्मक टिप्पणी गरिरहेका छन् । गजुरेलले भने आइतबार माफी मागेका छन् ।