काठमाण्डु – निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ ।
आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते हुने छलफलमा बोलाउन पत्राचार गरिएको जानकारी दिए ।
सरकारले आगामी फागुन महिनामा स्थानीय तह निर्वाचन गर्न तयारी गरिरहेका बेला दलहरूलाई छलफलमा बोलाएको हो ।
प्रतिनिधिसभा निर्वाचन भइसकेको सन्दर्भमा स्थानीय तह निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचन कसरी गर्ने भन्नेबारे आयोगले दलहरूसँग छलफल गर्न लागेको छ । दलहरूसँगको छलफलपछि आयोगले सरकारलाई निर्वाचनबारे सिफारिस गर्नेछ ।


प्रतिक्रिया