छठ घाट तोडफोड आरोपमा दुईजना पक्राउ, वडाध्यको नेतृत्वमा तत्कालै पुनः व्यवस्थापन गरियो

छठ घाट तोडफोड आरोपमा दुईजना पक्राउ, वडाध्यको नेतृत्वमा तत्कालै पुनः व्यवस्थापन गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीस्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।

प्रहरीका अनुसार आइतबार राति साढे ११ बजेतिर अर्णमा घाटमा भक्तजनले साँझको छठ पूजा सकेर घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तोडफोडबाट क्षति पुगेको छठ घाट पुनः व्यवस्थापनका लागि हरिनगर गाउँपालिका–७ का वडा अध्यक्ष मौजामिल खाँ ९मन्जिल० पनि सक्रिय भएका थिए।

घटनापछि तत्कालै घटनास्थल पुगेका खाँले अव्यवस्थित बनेको घाटलाई पुनः व्यवस्थित गर्न साथीभाइसँगै केराका बोट ल्याउनेलगायतका काममा सहयोग गरेका थिए।

धार्मिक आस्थाको सम्मान र सामाजिक सद्भाव कायम राख्न सबैले आ(आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

कुनै पनि समुदाय गलत नहुने उल्लेख गर्दै उनले केही व्यक्तिको गलत क्रियाकलापका कारण सिंगो समुदायलाई दोषी ठहर गर्न नहुने धारणा राखेका छन्। व्यक्तिको गल्तीलाई समुदायसँग जोडेर हेर्न नहुनेमा उनले बताएका छन्।