इंग्ल्यान्डसँग स्तब्ध भयो विश्व च्याम्पियन स्पेन, ४३ खेलको अपराजित यात्रा अन्त्य

इंग्ल्यान्डसँग स्तब्ध भयो विश्व च्याम्पियन स्पेन, ४३ खेलको अपराजित यात्रा अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याड्रिड – इंग्ल्यान्डले विश्व च्याम्पियन स्पेनलाई उसकै घरेलु मैदानमा हराएको छ। यूईएफए नेसन्स लिगमा स्पेनलाई ३–२ गोलले पराजित गर्दै इंगल्यान्डले सनसनीपूर्ण जित निकालेको हो । यससँगै स्पेनको लगातार ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

आइतबार राति म्याड्रिडस्थित वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको समूह ए३ को खेलमा इंग्ल्यान्डले तीन गोलको अग्रता बनाएर पनि अन्तिम समयसम्म संघर्ष गर्दै जित सुरक्षित गरेको हो।

इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन, एज्री कोन्सा र बेन ह्वाइटले गोल गरे। स्पेनका मिकेल ओयारजाबाल र निको विलियम्सले गोल फर्काए।

पहिलो हाफको अन्तिम मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। ५३औँ मिनेटमा डेक्लान राइसको कर्नरमा कोन्साले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यसको चार मिनेटपछि मोर्गन रोजर्सको पासमा बेन ह्वाइटले गोल गरेपछि इंग्ल्यान्ड ३(० ले अघि बढ्यो।

तर ६३औँ मिनेटमा इलियट एन्डरसनले स्पेनका लामिन यामाललाई अन्तिम डिफेन्डरका रूपमा फाउल गरेपछि रातो कार्ड पाए। त्यसपछि १० खेलाडीमा सीमित इंग्ल्यान्ड दबाबमा परेको थियो।

६५औँ मिनेटमा ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई खेलमा फर्काउने प्रयास गरे। ७५औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका निको विलियम्सले यामालको पासमा गोल गर्दै अन्तर ३-२ मा झारे।

त्यसपछि स्पेनले बराबरीका लागि निरन्तर आक्रमण गरे पनि इंग्ल्यान्डका गोलरक्षक जेम्स ट्राफोर्ड बाधक बने। उनले खेलको अन्तिम समयमा फर्मिन लोपेज र ओयारजाबालको प्रहार लगातार बचाउँदै टोलीको जित सुनिश्चित गरे।

यस जितसँगै थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड समूह ए३ को शीर्ष स्थानमा रहन सफल भएको छ। उसले आगामी मार्चमा हुने नेसन्स लिगको क्वार्टरफाइनलको शीर्षतासहित स्थान बनाएको छ।

इंग्ल्यान्डका प्रशिक्षक टुचेलले स्पेनविरुद्धको प्रदर्शन आफ्नो नेतृत्वमा टोलीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भएको बताएका छन्।

उनले खेलको पहिलो ६० देखि ६५ मिनेटसम्म इंग्ल्यान्डले उच्चस्तरको फुटबल खेलेको र तीन गोलको अग्रता पूर्ण रूपमा योग्य रहेको प्रतिक्रिया दिएका छन्।