जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयारी अवस्थामा रहनुस् : केपी शर्मा ओली

जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयारी अवस्थामा रहनुस् : केपी शर्मा ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई जुनसुकै बेला पनि आन्दोलनमा जानुपर्ने हुन सक्ने संकेत दिएका छन् ।

मङ्गलबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आन्दोलन लामो समय तयारी गरेर हुने नभएका कारण तयारी अवस्थामा रहन निर्देशन दिए।

सरकारको गतिविधिमा असन्तुष्टि जनाउँदै ओलीले आन्दोलनको नाम जपेका हुन्।

‘आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहन । आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ उनले भने,’कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ । त्यसकारण साथीहरू तयार रहनुहोला’

उनले विद्रोह काही चुनाव त कहीँ उपद्रोबाट हुने समेत दाबी गरेका छन्। ओलीले सबै मिलेर एमाले सिध्याउने खेल भएपनि आफू जहाँको ताइरहेको दाबी गरे।

पछिल्लो समय सरकारको गतिविधिलाई लिएर प्रतिपक्षी दलहरूले संयुक्त आन्दोलन गर्ने तयारी गरेको बुझिन्छ । तर अहिलेसम्म आन्दोलन आन्दोलन भनेपनि कुनै ठोस निर्णयमा प्रतिपक्षी पुगेका छैनन् ।

सरकारलाई दबाब दिनकै लागि ओलीले आन्दोलनको धम्की दिने गरेका छन्।