काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि नेताहरू दौडधुप गर्न सुरु गरेका छन् ।
आगामी मंसिर २६ गतेदेखि हुन लागेको महाधिवेशनमा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि अध्यक्षका दावेदार हुन् । उनी अध्यक्षको दावेदार भएको कुरा उनको सचिवालयले पुष्टि गरेको छ।
यस्तै विक्रम पाण्डे पनि अध्यक्षको दौडधुपमा छन् । उनलाई कमल थापा, प्रकाश चन्द्र लोहनी, दुर्गा प्रसाईको समूह लगायतले साथ दिएको बुझिन्छ । विक्रमलाई राजेन्द्रइतर समूहका नेताहरूले पनि साथ दिइरहेको जानकारी काठमाण्डुपार्टीले प्राप्त गरेको छ ।
यता युवाहरूको भावना समेट्ने दाबी गर्दै ज्ञानेन्द्र शाही पनि अध्यक्षको दावेदार प्रस्तुत गरिरहेका छन् । कमल थापाले पनि विक्रम पाण्डे, ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई राजेन्द्र लिङ्देनको विरुद्धमा लाग्न साथ दिएको आरोप लगाइन्छ । तर कमल थापाले भने आफूले यसबारे कुनै पनि निर्णय नगरेको बताउँछन् ।
महाधिवेशनमा अहिलेसम्म अध्यक्ष पदका लागि कुनै पनि महिलाले भने उम्मेदवारी दाबी प्रस्तुत गरेको देखिँदैन ।


प्रतिक्रिया