भायानेटको ‘आजको प्रब्लम आजै फिक्स’ सेवा सुरु

भायानेटको ‘आजको प्रब्लम आजै फिक्स’ सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ।

नयाँ सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

समस्याको प्रकृतिअनुसार रिमोट सपोर्ट वा ग्राहकको घरमै प्राविधिक टोली पठाएर सेवा प्रदान गरिनेछ।

इन्टरनेटमा समस्या आउँदा लामो समय कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै सहज र भरपर्दो सेवा दिने कम्पनीको विश्वास छ।

प्राविधिक सहयोगका लागि ग्राहकले भायानेटको सपोर्ट नम्बर ०१-५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन्। नियम तथा सर्तहरू लागू हुनेछन्।