फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु (तस्बिरहरु)

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरस्थित महादेवटारको सबैभन्दा लामो दायाँ सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु गरेका हुन् । यसअघि ३.४८६ किलोमिटर लामो बायाँ सुरुङ गत भदौमा छिचोलिएको थियो ।

करिब ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति हालसम्म ५१ प्रतिशत पुगेको छ । आयोजना २०८६ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी