मन्त्री नफापेकी सुमना काठमाण्डुको मेयर बन्ने, गरिन् उम्मेदवारी दिने घोषणा

मन्त्री नफापेकी सुमना काठमाण्डुको मेयर बन्ने, गरिन् उम्मेदवारी दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाण्डु महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि काम गर्ने बताएकी छन् ।

उनले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाण्डुको विकासमा समर्पित गर्ने उल्लेख गरेकी छन् ।

यद्यपि, उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे भने खुलाएकी छैनन् ।

उनले लेखेकी छिन्- ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित आगामी स्थानीय निर्वाचनमा काठमाण्डु महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्रीसमेत रहेकी श्रेष्ठ शिक्षा मन्त्री नियुक्त भएपछि पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी पार्टीको सक्रिय राजनीतिबाट टाढिएकी थिइन् ।