इन्टरनेट सेवा प्रदायकलाई टीएससी विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन

इन्टरनेट सेवा प्रदायकलाई टीएससी विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको राजस्व खातामा दाखिला गरेको दस्तुरको विवरण माग गरेको हो ।

सेवा प्रदायकले इन्टरनेट बिक्री, मर्मतसम्भार, उपकरण बिक्री तथा अन्य आयको छुट्टाछुट्टै विवरणसहित दाखिला गरेको दस्तुर र ब्याजको रकमसमेत खुलाउनुपर्नेछ ।

आर्थिक ऐन, २०८३ अनुसार दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने महसुलको १० प्रतिशत टीएससी असुल गरी अर्को महिनाको २५ गतेभित्र सरकारको राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था छ ।