कैदमुक्त भएपछि एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी (तस्बिरहरू)

कैदमुक्त भएपछि एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएर कारागारमुक्त भएका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।

बुधबारदेखि काठमाण्डुको बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सहभागी हुन रायमाझी पुगेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएर सजाय भोगेपछि कारागारमुक्त भएका उनी पहिलोपटक यसरी औपचारिक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका रायमाझी पुर्पक्षका लागि थुनामा थिए ।

उनी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकलाई दिइने कैद छुट सुविधाअन्तर्गत २५ प्रतिशत कैद मिनाहा पाएर गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिएको अभियोग लागेको थियो ।

उक्त प्रकरणमा रायमाझीसहित राजनीतिक तथा प्रशासनिक क्षेत्रका व्यक्तिहरू मुछिएका थिए।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी