भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाण्डु जाँदै गरेको ना१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।

सुमोमा चालकसहित १० जना सवार रहेकामा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । यसअघि गत २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।