काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद

काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कीर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद भएको छ ।

काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट काजु बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाण्डु आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी (ईभी) चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको काजु फेला पारेको थियो ।

वीरगञ्ज महानगरपालिका–२५ बस्ने रोशनकुमार साहलाई काजुसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।