काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच तीन घण्टा लामो छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच लामो संवाद भएको हो । दुई नेताबीच मुख्यतया बालेनकै भ्रमणबारे कुरा भएको बताइएको छ।
प्रधानमन्त्री बालेन यही आइतबार दिउँसो दुई दिने भारत भ्रमणमा जाँदैनछन्। उनको भ्रमण कार्यक्रमको दुवै देशले औपचारिक घोषणा गरिसकेका छन्।
उक्त भ्रमणको पूर्वसन्ध्यामा सत्तारू दलका दुई शीर्ष नेताहरूबीच शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म तीन घण्टा लामो भेटवार्ता भएको हो।
भेटका क्रममा बालेनले आफू भारत भ्रमणमा जान लागेको जानकारी दिँदै रविसँग सुझावसमेत लिएका छन्।
भेटका क्रममा रविले आफ्नो भारत भ्रमणको पनि स्मरण गराउँदै त्यहाँको नेतृत्वसँग गर्न सकिने वार्ताका विषयमा पनि सुझाव दिएका छन्।
वालेन्द्र ३४ सदस्यीय सरकारी टोलीसहित भारत भ्रमणमा जाँदैछन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसहित ५२ जना निजी क्षेत्रका व्यवसायी पनि भारत जाँदैछन्।
बालेनले भारतमा हवाई मार्ग, २ खर्ब भारतीय आर्थिक सहयोग र पञ्चेश्वरसहितका परियोजनबारे सहमति र सम्झौता गर्ने सम्भावना छन् । यस्तोमा शुक्रबार अपराह्न तीन घण्टासम्म दुई नेताबीच संवाद भएको हो।



प्रतिक्रिया