बुकिङ खुल्नासाथ टिकट सोल्ड आउट भएको विषयमा क्यानले दियो प्रष्टीकरण

बुकिङ खुल्नासाथ टिकट सोल्ड आउट भएको विषयमा क्यानले दियो प्रष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट खरिद गर्न एकैपटक करिब २ लाख प्रयोगकर्ताले प्रयास गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

फाइनल खेलको टिकट बिक्री खुला भएको केहीबेरमै बुक भएपछि टिकट नपाएका समर्थकहरूले आयोजक नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका थिए ।

लगत्तै क्यानले विज्ञपति जारी गर्दै शनिबार हुने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेलको टिकट बिक्री खुला गरेलगत्तै ठूलो संख्यामा समर्थकले खरिद गर्न खोजेको जनाएको हो । तर, त्रिवि क्रिकेट मैदानको सीमित क्षमताका कारण बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका हुन् ।

टिकट खरिद गर्न नपाएका समर्थकलाई क्यानले अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत खेल हेरेर प्रतियोगितालाई समर्थन गर्न आग्रह गरेको छ ।

‘नेपाल प्रिमियर लिगको यही मिति २०८३ मङ्सिर ५ गते हुने फाइनल खेलको टिकट बिक्री खुला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोज्नुभएको तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकटहरू सोल्डआउट भएको जानकारी गराउँदछौँ।’ क्यानले भनेकाे छ ।

एनपीएलको फाइनलमा गत सिजनका दुई फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि आमनेसामने हुँदैछन् ।