काठमाण्डु– नेपाली बजारमा आइतबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।
शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भउको सुन आज २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो एक सातामा सुनको भाउ ४२ हजार रुपैयाँले घटेको छ ।
गत कात्तिक २७ गते सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको थियो भने २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय, मंसिर २ गते ६ हजार ३ सय मंसिर ३ गते ३ हजार ३ सय र मंसिर ४ गते १२ हजारले घटेको थियो ।
यस्तै चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ। शुक्रबार ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएसँगै नेपाली बजारमा पनि तिहारपछि मूल्य निरन्तर ओरालो लागिरहेको छ।



प्रतिक्रिया