अमेरिकी सेयर बजारमा भारी गिरावट, ‘बियर मार्केट’ सुरु हुने आशंका

अमेरिकी सेयर बजारमा भारी गिरावट, ‘बियर मार्केट’ सुरु हुने आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो ।

अमेरिकाको प्रमुख सेयर बजार सूचकांक एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ । यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय–समयमा देखिँदै आएको छ ।

बजार विश्लेषकहरूका अनुसार सेयरको मूल्य अत्यधिक बढेर वास्तविक आर्थिक अवस्थाभन्दा माथि पुगेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ ।

लगानीकर्तामा अत्यधिक उत्साहका कारण सेयरको मूल्य अस्वाभाविक रूपमा बढेमा बजार सुधारले त्यसलाई यथार्थपरक स्तरमा ल्याउन भूमिका खेल्न सक्छ ।

तर बजारमा आएको यस्तो गिरावटले तत्काल लगानीकर्तामा चिन्ता र अनिश्चितता बढाउने गरेको छ । विशेषगरी बजार सुधारपछि थप ठूलो गिरावट आउने अर्थात् ‘बियर मार्केट’ सुरु हुने हो कि भन्ने आशङ्का लगानीकर्तामा रहने गर्छ ।

वाल स्ट्रिटको परिभाषाअनुसार कुनै सेयर बजार सूचकाङ्क आफ्नो हालसम्मको उच्चतम बिन्दुबाट कम्तीमा २० प्रतिशतले घटेमा त्यसलाई ‘बियर मार्केट’ भनिन्छ । यस्तो अवस्थालाई बजारमा गहिरो गिरावट वा मन्दीको सङ्केतका रूपमा लिइन्छ ।

पछिल्लो गिरावटले एआई उद्योगको तीव्र विस्तार, यस क्षेत्रमा देखिएका चुनौती तथा प्रविधि कम्पनीहरूको भविष्यप्रति लगानीकर्ताको विश्वासबारे बहस बढाएको छ ।

यद्यपि, १० प्रतिशतको गिरावट आफैँमा बजार मन्दी सुरु भएको प्रमाण भने होइन ।