मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ

मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– मधेसमा जनता समाजवादी पार्टीबाट सरोज कुमार यादवले मुख्यमन्त्रीमा शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपेनताको सपथ ग्रहण गराए ।

कसैले बहुमत पुर्‍याएर दाबी नगरेपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले यादवले शपथ ग्रहण गरेका हुन्।

मधेसमा नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीको गठजोड बन्ने भनिए पनि उचित समझदारी नभएका कारण अहिलेसम्म बन्न सकेको छैन। त्यसकारण ठूलो दलको हैसियतले यादवले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका हुन्।

अरु मन्त्रीहरू थप्ने विषयमा भने पार्टीले औपचारिक छलफल गर्ने बाँकी रहेको जसपा नेता मनिष सुमन बताउँछन्। सुमनका अनुसार जसपाले एकल सरकार बनाउने सम्भावना पनि रहेको र अरु राजनीतिक शक्तिहरूलाई पनि एक बनाउने सम्भावना रहेको बताउँछन्।