काठमाण्डु– नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ। लगातार एक सातासम्म घटेको सुनको भाउ आज ४ हजार ८ सय रुपैयाँले बढेको हो ।
सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ पछिल्लो एक सातामा ४२ हजारले घटेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ४६ रुपैयाँले बढेर ३ हजार १ सय ११ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



प्रतिक्रिया