दक्षिण एसियाली तेक्वान्दो फेडेरेसन महिला कमिटीको डेपुटी चेयरपर्सनमा अञ्जना

दक्षिण एसियाली तेक्वान्दो फेडेरेसन महिला कमिटीको डेपुटी चेयरपर्सनमा अञ्जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अखिल नेपाल आईटीएफ तेक्वान्दो महासंघकी महासचिव अञ्जना शिवाकोटी दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनको महिला कमिटीको डेपुटी चेयरपर्सनमा मनोनित भएकी छन्।

नेपालमा सम्पन्न तेस्रो दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनको साधारणसभाले शिवाकोटीलाई उक्त जिम्मेवारीमा मनोनित गरेको हो।

लामो समयदेखि तेक्वान्दो खेलको विकासमा सक्रिय शिवाकोटी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) की अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन्।

साधारणसभाले दक्षिण एसियाली क्षेत्रमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि विभिन्न योजना अघि सारेको छ।

यसैबीच, आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिप–२०२६ काठमाडौंमा सुरु भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको हो।

दक्षिण एसियाली राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा विभिन्न तौल, उमेर समूह तथा विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताले क्षेत्रीय स्तरमा आईटीएफ तेक्वान्दोको विकास र विस्तारसँगै खेलाडीबीच आपसी भाइचारा तथा खेलकुद सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

च्याम्पियनसिप सहभागी राष्ट्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने अवसरसमेत हुनेछ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। दक्षिण एसियाली स्तरको यस प्रतियोगिताले नेपाली आईटीएफ तेक्वान्दोको प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।