अब फोटोकपी वा डिजिटल कार्ड देखाएर पनि स्वास्थ्य बीमाको सेवा लिन सकिने

अब फोटोकपी वा डिजिटल कार्ड देखाएर पनि स्वास्थ्य बीमाको सेवा लिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य बीमा सेवा लिन अब भौतिक परिचयपत्र अनिवार्य नहुने भएको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड नभएकै कारण बीमितलाई सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।

नयाँ व्यवस्थाअनुसार बीमितले भौतिक परिचयपत्र, डिजिटल कार्ड वा कार्डको स्पष्ट फोटोकपी देखाएर स्वास्थ्य बीमाअन्तर्गतको सेवा लिन सक्नेछन् ।

सेवा उपलब्ध गराउनुअघि स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी बीमामा आबद्ध भए–नभएको यकिन गर्नुपर्नेछ ।

यसअघि स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन अस्पतालमा भौतिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था थियो ।