राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा आज बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको हो ।

बैठकमा देशको वर्तमान शान्ति सुरक्षा, अमनचयनको अवस्था, राष्ट्रिय सुरक्षासँग सम्बन्धित चुनौती तथा सम्भावित जोखिमका विषयमा समीक्षा गरिएको थियो ।

त्यस्तै, प्राकृतिक विपद् तथा अन्य आपत्कालीन परिस्थितिमा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक तयारी र सुरक्षा निकायबीचको समन्वयका विषयमा समेत छलफल भएको जनाइएको छ ।

बैठकले मुलुकको समग्र सुरक्षा अवस्थालाई थप सुदृढ बनाउने, शान्ति सुव्यवस्था कायम राख्ने तथा सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान र व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् प्रतिकार्य तयारी र राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको जानकारी दिइन् ।