गगनको कारबाहीबाट डराउँदैनौँ, १५औँ महाधिवेशन जसरी पनि हुन्छ : कान्छाराम

गगनको कारबाहीबाट डराउँदैनौँ, १५औँ महाधिवेशन जसरी पनि हुन्छ : कान्छाराम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता कान्छाराम तामाङले आफूहरूले गर्न लागेको १५औँ महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताएका छन्।

पार्टीमा समानान्तर गतिविधि बढाएको भन्दै गगन थापा समूहले कारबाही गर्ने चेतावनी दिएपछि तामाङले आफूहरू त्यस्तो कारबाहीबाट नडराउने दाबी गरेका हुन्।

‘महाधिवेशन जुनसुकै हालतमा हुन्छ। गगनको व्यक्तिगत पेवा पार्टी होइन। महाधिवेशनका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ। कांग्रेसको आधिकारिकता पनि हामीले नै लिन्छौँ,’ तामाङले काठमाण्डुपाटीसँग भने।

उनले अदालतले अहिलेसम्म कुनै निर्णय नगरेकाले अदालतको निर्णयपछि थप कुरा स्पष्ट हुने बताए। ‘अहिलेलाई हामी आफ्नो महाधिवेशन गर्छौँ। कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बन्नुभएको हो। अब १५औँ महाधिवेशन हुन बाँकी छ,’ उनले भने।

तामाङले गगन थापालगायतका नेताहरूले अवैधानिक महाधिवेशन गरेर पार्टी कब्जा गरेको आरोपसमेत लगाए।

‘गगनहरूले पार्टी कब्जा गर्न खोजेका हुन्। तर सर्वोच्च अदालतले देउवा दाइलाई नै मान्यता दिन्छ भन्नेमा हामी ढुक्क छौँ,’ तामाङले भने।