अपर कर्णालीः भारतीय कम्पनी जीएमआरले माग्यो थप एक वर्ष

अपर कर्णालीः भारतीय कम्पनी जीएमआरले माग्यो थप एक वर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जीएमआरले वित्तीय व्यवस्थापनका लगि थप एक वर्ष समय मागेको छ।

जीएमआरले लगानी जुटाउनका लागि लगानी बोर्डमा म्याद थपको निवेदन दिएको हो।

जीएमआरले आफूले उत्पादन गरेको बिजुली बंगलादेशमा बिक्री गर्न दुई महिनाभित्र विद्युत खरिद सम्झौता हुने विश्वास दिलाउँदै वित्तीय व्यवस्थापनका लागि एक वर्षको समय माग गरेको

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिए।

मन्त्री पुनले भने, ‘एनबीबीनसँग कुरा गर्दा बंगलादेश, एनबीबीएन र जीएमआरले विद्युत खरिदका लागि त्रिपक्षीय पीपीए (विद्युत खरिद सम्झौता) गर्दैछौं, समय दिनुपर्‍यो भन्ने अनुरोध छ।’

जीएमआर र बोर्डबीच २०७१ सालको असोज ३ गते माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने गरी परियोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

दुई वर्षे म्यादभित्र लगानीको जोहो गर्न नसकेपछि बोर्डले एक वर्ष म्याद थपेको थियो । तर, पछिल्लो पटक जीएमआरको गएको असोज महिनामा म्याद सकिएको थियो।

आयोजना निर्माणमा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।