मलेसियाली जेलमा २०० नेपाली

मलेसियाली जेलमा २०० नेपाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रोजगारीका लागि मलेसिया पुगेका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेलमा पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा २०६ जना नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्।

दूतावासका प्रथम सचिव प्रेमराज गौतमाका अनुसार मलेयसिया आएपछि आफ्नो भिषा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन्।

कतिपय चाहिँ चोरी, लागुऔषध कारोबार, अपहरण, जुवातासजस्ता गम्भीर मुद्दामा जेल पुगेका छन्। सचिव गौतमका अनुसार अवैध रुपले बसेकालाई प्रहरीले क्वालाम्पुरको पुत्राजयस्थित अध्यागमन विभाग हुँदै अदालतमा पेस गर्छ। यस्तै प्रहरी र रोजगारदाता कम्पनी सञ्चालकसँग दुर्व्यवहारका कारण समेत कतिपय नेपाली जेल परेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।