प्रधानमन्त्री ओलीले भने -विप्लव को हो? सरकारले चिन्दैन

प्रधानमन्त्री ओलीले भने -विप्लव को हो? सरकारले चिन्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन्।  आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने बताएका हुन्।

‘प्रचण्डजीले तपाईहरुलाई भनेको कुरा मैले पनि सुनेको छु,’ नेकपा अर्का अध्यक्ष प्रचण्डले एक साताअघि विराटनगर नै पुगेर मन्त्रिपरिषद तत्काल पुनर्गठन हुने बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँले प्रधानमन्त्रीजीको कुरा हो भन्नुभएको छ, खाली रहेको मन्त्रालयले उपर्युक्त समयमा पूर्णता पाउँछ।

तर, मन्त्रीहरु हेरफेर भने हुँदैन।’ यस्तै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन्। ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो,’ उनले भने, ‘त्यस्तालाई सरकारले चिन्दैन।’ उनले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाइएको दाबी गरे। प्रधानमन्त्री ओलीले विप्लव समूहबारे धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह गरे।