पानीजहाजमा भारतको जलराजनीति

पानीजहाजमा भारतको जलराजनीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतलाई रिझाउने बानी परेका हाम्रा नेताहरूले हाम्रो राष्ट्रिय हितमा काम गर्लान् भन्ने अपेक्षा गर्न मुस्किल छ । गत महिना नेपालमा पनि पानीजहाज कार्यालय स्थापना भयो। सबैलाई लाग्दो हो-अब पानीजहाज आउँछ। नेपाल र भारतका अधिकारीबीच पानीजहाजसम्बन्धी छलफल र स्थलगत अध्ययन पूरा भए। प्रारम्भिक अध्ययनले जहाज चलाउन सम्भव छ भनिएको छ।

निश्चय पनि रेलमार्ग र स्थलमार्गभन्दा पानीजहाजबाट सामान ढुवानी गर्दा सस्तो पर्छ। एक अश्वशक्ति (७४६ वाट)  ले ट्रकमा एक सय ५० केजी तौल तान्छ भने सोही शक्तिले रेलमा पाँच सय केजी ओसार्न सक्छ। ऊर्जाको हिसाबले पानीजहाजबाट सामान ढुवानी गर्दा तीन गुणा सस्तो पर्छ।

अर्को शब्दमा रेलभन्दा आठ गुणा र ट्रकभन्दा २७ गुणा कम शक्तिमा पानीजहाजले सामान ओसार्छ। समुद्रसम्म नछोएको हाम्रो भूसतहमा सामान ढुवानीमा अत्यधिक खर्च पर्ने गर्छ। तर पानीजहाजको भाडा सस्तो हुनुको मुख्य कारण नै यसमा थोरै ऊर्जा लाग्छ। यसले अर्थतन्त्रलाई टेवा दिन्छ। अझ समुद्रसम्म पहुँच नभएको हाम्रोजस्तो मुलुकलाई पानीजहाजबाट सामान ओसारपसार गर्न सके आर्थिक वरदानसरह नै हुन्छ। त्यसमा शंका छैन। त्यसैले पानीजहाजलाई संसारकै सबैभन्दा कम ढुवानी खर्च पर्ने यातायातका रूपमा लिइन्छ। नदी नै सडक हुन्छन्।

नेपालले २०२७ सालमै पानीजहाज चलाउने प्रयास गरेको थियो। यसका लागि ‘नेपाल सिपिङ कम्पनी’ नै स्थापना नभएको होइन। नेपाल सरकारले एउटा पानीजहाजसमेत खरिद गरिसकेको थियो। तर भारतले कोलकाता बन्दरगाहमा रोक्नसमेत दिएन। भारतकै कारण २०२७ देखि हालसम्म नेपाल पानीजहाजविहीन छ। वर्तमान सरकारले पानीजहाजको कुरा मात्र उठाएको छैन, कार्यालय नै स्थापना गरिसकेको छ। भारतले कसरी एकाएक नेपाललाई पानीजहाज चलाउन दिने बुद्धत्व प्राप्त गर्‍यो रु अर्थात् भारत कसरी सहमत भयो रु यो विषय सबैभन्दा पेचिलो मुद्दा बनेको छ। यसमा नेपालको भन्दा भारतीय स्वार्थ र हित बढी जोडिएका छन्।

भारतले हाल पश्चिम बंगाल, बिहार, झारखण्ड, उत्तर प्रदेश, मध्य प्रदेश, उत्तराखण्ड र हरियाणा राज्यलाई ठूलो आर्थिक राहत पुग्ने गरी एक सय ११ वटा जलमार्ग बनाउन लागिपरेको छ। बर्खायाममा यी सात राज्यमा जलयातायात सञ्चालन गर्न केही वाधा भएन। तर हिउँदमा नदीमा पानीको सतह पुग्दैन। अहिले पनि भारतका कतिपय ठाउँमा हिउँदयाममा बालुवामा पानीजहाज अड्केर बसेका छन्। नयाँदिल्लीले पटनाका लागि पठाएको एउटा पानीजहाज उत्तरप्रदेशको उन्नाओ जिल्लास्थित बक्सार भन्ने ठाउँमा गंगा नदीमा अड्केर बसेको छ।

ती जहाज झिक्न कि ठूलो बाढी आउनुपर्छ होइन भने बर्खायाम कुर्नुपर्छ। पानीजहाज चल्न नदीको निश्चित गहिराइ हुनुपर्छ। एउटा उदाहरण हेरौं, सुक्खायाममा कर्णालीलगायतका पानीको बहाब दुई सय पचास घनमिटर प्रतिसेकेन्ड (क्युमेक) हुन्छ। तर बर्खामा भने पानीको परिमाण ३० हजार क्युमेकभन्दा माथि हुन्छ। यो पानीले बर्खायाममा भारतका लागि कुनै समस्या भएन, पानी उर्लेर आउँछ। तर हिउँदयाममा यति पानीले पुग्दैन। जसले गर्दा कोशी र गण्डकमा पानीजहाज चलाउने हो भने नेपालका नदीमा बाँध बाँध्नैपर्छ।

हिउँदयाममा यो गहिराई नेपालको नियन्त्रित पानीविना सम्भव छैन। बढ्दो ऊर्जा संकट ९विशेष गरेर तापीय ऊर्जामा हुने खर्च र जलवायु परिवर्तनको असर० को मुद्दाले भारतलाई पानीजहाज चलाउन बाध्य पारेको हो। भारतको यो चाहना नेपालको सहयोगविना सम्भव छैन। त्यही भएर पानीजहाजको यो विषयले यति महत्त्व र सघनता पाएको हो। नेपालबाट बगेर गंगामा मिसिने नदीलाई नेपालमै बाँध बाँधेर रोक्नुपर्छ। किनभने भारतीय भूभागमा बाँध बाँध्न सम्भव छैन। यसो हेर्दा पानीजहाज चलाउन भारतले नेपाललाई निकै ठूलो गुन लगाएको जस्तो पनि देखिने र आफ्नो स्वार्थ पनि पूरा हुने। यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।