नौ प्रधानमन्त्रीले बाडेको चार अर्ब रकम

नौ प्रधानमन्त्रीले बाडेको चार अर्ब रकम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौ रुपैयाँ विपन्न नागरिकलाई आर्थिक सहायता बाड्ने नाममा उडाएका छन्। २०६२-०६३ पछि बनेका १२ वटा सरकारले तीन अर्ब ९५ करोड रुपैयाँ बाडेको तथ्याका छ। पूर्वप्रधानमन्त्रीहरू गिरीजाप्रसाद कोइरालाको पालामा ८ करोड, पुष्पकमलदाहल प्रचण्डको पालामा २३ करोड, माधवकुमार नेपालको पालामा १९ करोड २३ लाख रुपैयाँ बाँडिएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बाबुारम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा क्रमश १५ करोड ४३ लाख, नौ करोड ३२ लाख र ११ करोड ७७ लाख बाँडिएको छ। त्यस्तै सुशिल कोइरालाको पालामा दुई अब ६७ करोड, केपी ओलीको पालामा ३३ करोड १६ लाख र शेरबहादुर देउवाको पालामा ३० करोड रुपैयाँ बाँडिएको छ। यो खबर आजको राजधानी दैनिकमा छ ।